Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज २४ आइतबार १८:४१:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपालबाट हङकङमा चरेस कारोबार, यसरी समातियो गिरोह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज २४ आइतबार १८:४१:००

नेपालबाट हङकङ पठाउन तयारी अवस्थामा राखिएको ३ केजी ५० ग्राम लागुऔषध चरेससहित गत १४ असोजमा मोरङ उर्लाबारीका ३२ वर्षीय अन्जित थापा पक्राउ परे । उनी ललितपुर– २०, मानभवनस्थित ब्लुस्टार कार्गोको कार्यालयबाट पक्राउ परेका हुन् । 

उनैले चिनाएपछि अर्का व्यक्ति हात्तीवन बस्दै आएका ३० वर्षीय सुजन श्रेष्ठ समातिए । त्यही कारोबारमा सुजन श्रेष्ठलाई चरेस दिने अर्का व्यक्ति सिन्धुपाल्चोक लिखुका ४१ वर्षीय जालिन्द्र श्रेष्ठ पक्राउ परे । अवैध कारोबारको थप गाँठो फुकाउँदै जाने क्रममा पक्राउ परेका जालिन्द्रको कोठाबाट प्रहरीले २ केजी ४० ग्राम चरेस फेला पा¥यो ।

जालिन्द्रको कोठाबाट फेबिकलको २ वटा बट्टा, २ वटा छिना, फलामको २ वटा हेक्सा ब्लेड, एउटा चक्कु, १ वटा धार लगाउने सिलेली, २ वटा हथौडा, ४ वटा रोल गरिएको टेप र २ वटा फलामका ढुंगा बरामद गरेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । 

सोही कारोबारमा अनुसन्धान गर्दै जाँदा १५ असोजमा अर्का व्यक्ति पक्राउ परे । बौद्ध बस्दै आएका दिनदयाल महतो र दीपेन्द्र महतोसमेत पक्राउ परे । प्रहरीले उनीहरूको साथबाट थप लागुऔषध बरामद ग¥यो । उनीहरूले २ केजी ८ सय ७५ ग्राम लागुऔषध चरेस कोठामा लुकाएर राखेको अवस्थामा प्रहरीले बरामद ग¥यो । उनीहरूकै साथबाट ३ वटा डिजिटल तराजु, १ थान सिलाइबुनाई मेसिन,  २ वटा फेबिकोल र अन्य हस्तकलाका सामग्रीसहित १ लाख रुपैयाँ नगदसमेत बरामद गरेको छ ।

गत १५ असोजमा नै मकवानपुरको थाहा नगरपालिका बस्ने ४५ वर्षीय रवि मोक्तानलाई पनि प्रहरीले सोही कारोबारमा संलग्न रहेको पाएपछि पक्राउ ग¥यो । मोक्तानको कोठाबाट पनि प्रहरीले ९ ग्रामभन्दा बढी चरेस बरामद गरेको छ ।  
मोक्तानलाई चरेस उपलब्ध गराउने अर्का व्यक्ति धादिङ घर भएका २३ वर्षीय मोतीलाल तामाङलाई पनि १६ असोजमा पक्राउ परे । उनको साथबाट प्रहरीले २ ग्रामभन्दा बढी चरेस बरामद गरेको लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता जीवनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार एक व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गर्दै जाने क्रममा थप व्यक्तिहरू पक्राउ परेका छन् । 

गिरोहले चरेस संकलन गरी प्याकिङ गरेर हङकङ पठाउन तयारी गरी राखेको अवस्थामा उनीहरूलाई १४ असोजमा नै लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर र महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको थियो । प्रहरीले उक्त कार्यमा संलग्न रहेका एक व्यक्तिको माध्यमबाट गिरोहलाई नै पक्राउ गर्न सफल भएको हो । 

पक्राउ परेकाहरूको साथबाट ७ केजी ९ सय ७७ ग्राम चरेस बरामद भएको छ । ‘लागुऔषधमा ठूलै गिरोह लागिपरेको रहेछ, नयाँ शैलीमा उनीहरूले विदेशसम्म चरेस सप्लाई गर्दा रहेछन्,’ प्रवक्ता श्रेष्ठले भने । उनका अनुसार पक्राउ परेकाहरूलाई लागुऔषध (नियन्त्रण) ऐन २०३३ अनुसार कारबाही हुनेछ ।