मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ असोज २४ आइतबार १४:१०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लुम्बिनीमा आज मन्त्रिमण्डल विस्तार हुँदै, को–को बन्दै छन् मन्त्री ?

Read Time : > 1 मिनेट
२०७८ असोज २४ आइतबार १४:१०:००

लुम्बिनी प्रदेशमा नयाँ सरकार बनेको दुई महिना पुग्नै लाग्दा सरकारले आज पूर्णता पाउने भएको छ। आज मन्त्रिमण्डल विस्तार गरेर १७ सदस्यीय बनाउन लागिएको हो। जसमा मुख्यमन्त्रीसहित १३ मन्त्री र चार राज्यमन्त्री रहनेछन्। आज विस्तार हुने मन्त्रिमण्डलमा नेकपा एकीकृत समाजवादी पनि सहभागी हुँदै छ। आज कांग्रेसबाट तीन मन्त्री, दुई राज्यमन्त्री, माओवादी केन्द्रबाट दुई मन्त्री, दुई राज्यमन्त्री र नेकपा एकीकृत समाजवादीबाट एकजना मन्त्री हुँदै छन्। यसअघि प्रदेश सरकार सात सदस्यीय रहेको थियो। 

यी हुन् आज थपिने मन्त्रीहरू
आज थपिने मन्त्रीहरूमा कांग्रेसबाट पाल्पाका वीरबहादुर राना ऊर्जा, जलस्राेत तथा सिँचाइमन्त्री, बाँकेका सुरेन्द्रबहादुर हमाल वन वातावरण तथा भूसंरक्षण मन्त्री र रुपन्देहीका बसिउद्दिन खा शिक्षा विज्ञान युवा तथा खेलकुदमन्त्री हुने भएका छन्। त्यस्तै राज्यमन्त्रीमा कांग्रेसबाट दाङका अर्जुनकुमार श्रेष्ठ र कपिलवस्तुकी रिना नेपाल विक राज्यमन्त्री हुँदै छन्। श्रेष्ठ ऊर्जा, जलस्राेत तथा सिँचाइ राज्यमन्त्री र रिना पर्यटन, ग्रामीण तथा सहरी विकास राज्यमन्त्री हुँदै छन्। 

माओवादीबाट बर्दियाका तिलकराम शर्मा आन्तरिक मामिला तथा सञ्चार, दाङका इन्द्रजित थारू स्वस्थ्य जनसंख्या तथा परिवार कल्याणमन्त्री हुँदै छन्। त्यस्तै, माओवादीबाट दाङकी विमलाकुमारी खत्री स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री र कपिलवस्तुकी सुष्मा यादव कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था राज्यमन्त्री हुँदै छन्। नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी रमा घर्ती कानुन, महिला, बाालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री हुँदै छन्। 

प्रदेश प्रमुख अमिक शेरचनका प्रेस सल्लाहकार गुनाराम घिमिरेले नयाँ मन्त्रीहरूको शपथ ३ बजे गर्ने गरी तयारी भइरहेको बताए। 

लुम्बिनीमा गत साउन २८ गते माओवादी केन्द्र कुलप्रसाद केसीको नेतृत्वमा नयाँ सरकार बनेको हो। 

माओवादी केन्द्र, कांग्रेस, जसपा र स्वतन्त्र समूहका समेत सहभागी सात सदस्यीय मन्त्रिमण्डल हाल कायम रहेको छ। जसमा कांग्रेसबाट डिल्ली चौधरी, माओवादी केन्द्रबाट मुख्यमन्त्री कुलप्रसाद केसी, आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्का, जसपाबाट सहसराम यादव, पुर्मती ढेंगा र सुमन शर्मा रायमाझी सरकारमा सहभागी छन्। त्यस्तै स्वतन्त्र समूहका अजय शाही पनि मन्त्री बनेका छन्।