१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ असोज २३ शनिबार ११:२३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चोरीको प्रतिकार गर्ने क्रममा एकजना घाइते

Read Time : < 1 मिनेट
२०७८ असोज २३ शनिबार ११:२३:००

महोत्तरीमा एक घरमा चोरी हुँदा प्रतिकार गर्ने क्रममा एकजना घाइते भएका छन्। जलेश्वर नगरपालिका–८ बजराहीस्थित विजय चौधरीको घरमा चोरी हुँदै गर्दा प्रतिकार गर्ने क्रममा उनका छोरा २५ वर्षीय रोशन चौधरीमाथि चोर समूहले रड प्रहार गरेको हो ।

शनिबार बिहान करिब दुईदेखि तीन बजेको बीचमा चारजनाको समूहमा आएका अज्ञात व्यक्तिहरूले चौधरीमाथि रड प्रहार गरेका बताइएको छ । परिवारका अनुसार चौधरीले घाइते अवस्थामा समेत प्रतिकार गर्दा चोरको समूह भागेको थियो । उनीहरूले करिब आठ तोला सुनका विभिन्न गरगहना र नगद २० हजारसहित अन्य सामग्री चोरेका परिवारले जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटी जलेश्वर शाखामा कार्यरत विजय चौधरी आफैँ ब्रेनसम्बन्धी समस्या भएर काठमाडौंमा उपचाररत रहँदा घरमा छोराबुहारी मात्र रहेको यो घटना भएको हो। घाइते चौधरीले तत्काल गुहार मागेपछि छिमेकीहरूले उनलाई तत्काल उपचारका लागि जलेश्वर अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार सम्भावना नभएपछि उनलाई जनकपुरस्थित मोहिलाल अस्पताल लगिएको छ। थप उपचारका लागि काठमाडौं लग्ने तयारी भइरहेको छ।

यता घटनालगतै प्रहरीले घटनास्थलमा पुगेर मुचुल्का उठाइसकेको र अपराधीहरूको खोजबिन भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक रञ्जन मिश्रले बताए । उनी आफैँ घटनास्थल पुगेर अनुसन्धान गरिरहेका छन्। महोत्तरीमा विगत केही समयदेखि चोरी र लुटपाटका घटनामा वृद्धि भएको छ।