१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज २२ शुक्रबार १३:०९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जसपाले टुंग्यायो मन्त्रीको नाम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज २२ शुक्रबार १३:०९:००

जनता समाजवादी पार्टी (जसपा)ले मन्त्रीको नाम टुंगो लगाएको छ। जसपाले आज बिहान पार्टीको तर्फबाट सरकारमा जाने चारजनाको नाम टुंगो लगाएको हो। स्रोतका अनुसार राजेन्द्र श्रेष्ठ, रेणु यादव, प्रमोद साह र रामसहाय यादवलाई सरकारमा पठाउने निर्णय भएको छ। जसपाको कार्यकारिणी समितिले मन्त्रीको नाम टुंग्याउने जिम्मा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई दिएको थियो।

जसपाले भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, कृषि तथा पशुपक्षी र वन तथा वातावरण मन्त्रालय पाउने भएको छ।