१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज २२ शुक्रबार ०६:५०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दाङमा जेसिबीको सुविधासम्पन्न शाखा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज २२ शुक्रबार ०६:५०:००

नेपालका लागि जेसिबीको आधिकारिक विक्रेता एमएडब्लू अर्थमुभर्स प्रालिले दाङको रतनपुर चोकमा अत्याधुनिक संरचना भएको भवनमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । 

नयाँ शाखाको उद्घाटन नेपाल निर्माण व्यवसायी लुम्बिनी प्रदेश अध्यक्ष बदीभद्र रानाले गरेका थिए । कार्यक्रममा एमएडब्लू अर्थमुभर्स प्रालिका इडी एवं सिइओ सन्जिप पाहुजा, सेल्स हेड सूर्यप्रसाद ओझाले नयाँ शाखाबाट ग्राहकहरूको चाहना एवं विश्वसनीयताका लागि सम्पूर्ण मेसिन, पार्टपुर्जा एवं सर्भिसमा सदैव लागिपर्ने बताए । 

नेपालको बजारमा जेसिबीका एस्काभेटर, ब्याकहो लोडर, कम्प्याक्टर, टेलिहन्डालर, ह्विल लोडर तथा जेनेरेटरलगायत उत्पादन रहेको जनाइएको छ । इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट काम गर्ने भएका कारण यी मेसिनहरू लोकप्रिय भएको कम्पनीको दाबी छ ।