मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज २२ शुक्रबार ०६:४४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मुक्तिनाथ विकास बैंक र महेन्द्रनारायण निधि अस्पतालबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज २२ शुक्रबार ०६:४४:००

मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई छुट उपलब्ध गराउन महेन्द्रनारायण निधि मेमोरियल अस्पतालसँग सम्झौता गरेको छ । 

सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकले बसुन्धारामा रहेको महेन्द्रनारायण निधि मेमोरियल अस्पतालमा बेड चार्ज, डाएग्नोस्टिक इन हाउस, फार्मेसी, प्रक्रियामामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने जनाइएको छ ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न आफ्नो एटिएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटिएमबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको जनाएको छ ।