मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज २१ बिहीबार १७:१९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बढी भाडा लिन मोलमोलाइ गर्ने नौ बिचौलिया पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज २१ बिहीबार १७:१९:००

काठमाडौं उपत्यकाबाहिर जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिन खोज्ने नौ बिचौलियालाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ। बिचौलिया बनेर यात्रुसँग मोलमोलाइ गरी तोकिएभन्दा बढी भाडा लिँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।

पक्राउ पर्नेहरूमा भरतपुर चितवनका ३८ वर्षीय समिर श्रेष्ठ, धनकुटाका  ३० वर्षीय किरण लिम्बू र सुनसरीका २८ वर्षीय सविन राई रहेका छन्। त्यस्तै, टिकट काउन्टरको कर्मचारी हुँ भन्दै भाडा बार्गेनिङ गर्ने काठमाडौं बस्ने ४६ वर्षीय राज ठकुरी, दाङ घोराहीका २९ वर्षीय विशाल गुरुङ र कैलालीका २९ वर्षीय रमेश कठायत गोंगबुबाट पक्राउ परेका हुन्। त्यसैगरी, कलंकीबाट ३९ वर्षीय नवीन केसी तथा बल्खुबाट निजगढका अरुण मगर र जाजरकोट घर भई कीर्तिपुर बस्ने ३७ वर्षीय विनोद राना पक्राउ परेका छन्।

उनीहरू सबैमाथि थप कारबाही अघि बढाइएको भट्टराईले जानकारी दिए। ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी यात्रुलाई परेका समस्या समाधान गर्दै आएको छ ।