मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ असोज २१ बिहीबार १२:२५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस मुगुको सभापतिमा शाही निर्वाचित

Read Time : < 1 मिनेट
२०७८ असोज २१ बिहीबार १२:२५:००

कांग्रेस मुगुको ९औँ जिल्ला अधिवेशनबाट ऐनबहादुर शाही सभापतिमा निर्वाचित भएका छन्। उनले निवर्तमान पार्टी सभापति खडकबहादुर शाहीलाई ५६ मतको अन्तरमा पराजlत गरेका हुन्। नवनिर्वाचित सभापतिले चार सय ६ मत प्राप्त गरेका छन् भने खडकबहादुर शाहीले तीन सय ५० मत प्राप्त गरेका छन्। कुल गणना भएका मत सात सय ७२, सदर मत सात सय ५६ र बदर मत १६ रहेको निर्वाचन समितिले जनाएको छ। 

शेरबहादुर देउवानिकट रहेका नवनिर्वाचित सभापतिको प्यानलबाट उपसभापति एक, सचिव दुई, सहसचिव एक र जिल्ला कार्यासमिति सदस्यमा १३ जना निर्वाचित भएका छन्। त्यस्तै, महाधिवेशन प्रतिनिधिमा १७ जना देउवा पक्षका निर्वाचित भएका छन्। 

निवर्तमान सभापति खडकबाहादुर शाही रामचन्द्र पौडेल पक्षका हुन्। उनी ७औँ जिल्ला अधिवेशनमा ऐनबहदुरसँगै पराजित भएका थिए । पौडेल पक्षबाट उपसभापति एकजना, सहसचिव एकजना र केही सदस्यमा सीमित हुनुपरेको छ।