मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण १५ बुधबार २१:२९:००
Read Time : < 1 मिनेट
प्रदेश

विद्यालयको गेटले किचेर विद्यार्थीको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण १५ बुधबार २१:२९:००

विद्यालयको गेटले किचेर दमकमा एक बालकको ज्यान गएको छ । दमक नगरपालिका–१० स्थित जनता आधारभुत विद्यालयको गेटले किच्दा कक्षा नर्सरीका ७ वर्षीय बालक विजेन्दर हेमरमको मृत्यु भएको हो ।

मोरङको कानेपोखरी नगरपालिका–२ घर भइ हाल दमक–१० मा डेरा गरी बस्दै आएका छुका हेमरमका छोरा बिजेन्दर स्कूलमा खेल्ने क्रममा गेट लगेर किचेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गेट लडेर टाउकोमा किचेपछि बालक घाइते भएका थिए । उपचारका लागि दमककै लाइफ लाइन अस्पताल लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको हो । आवश्यक कानूनी प्रकृया प्रारम्भ गरी शव पोष्टमार्टमपश्चात आफन्तले जिम्मा लिएको प्रहरीले जनाएको छ ।