मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज २० बुधबार १५:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रसायनशास्त्रको नोबेल पुरस्कार बेन्जामिन लिस्ट र डेभिड म्याकमिलनलाई 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज २० बुधबार १५:५२:००

नोबेल कमिटीले सन् २०२१ को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुईजनालाई दिने निर्णय गरेको छ। बेन्जामिन लिस्ट र डेभिड डब्लु सी म्याकमिलनलाई ‘असिम्याट्रिक अर्गानोक्याटालाईसिस’ सिद्धान्त प्रतिपादन गरेकोले पुरस्कार प्रदान गर्ने निर्णय गरेको द रोयल स्विडिस एकेडेमी अफ साइन्सले जनाएको छ। लिस्ट जर्मनीको म्याक्स प्ल्यांक विश्वविद्यालयका निर्देशक हुन् भने म्याकमिलन अमेरिकाको प्रिन्सटन विश्वविद्यालयका प्रोफेसर हुन्।  

यसअघि अक्टोबर ४ मा  चिकित्साशास्त्र तथा शरीर विज्ञानतर्फको नोबेल पुरस्कार अमेरिकी वैज्ञानिक डेभिड जुलियस र लेबनानी वैज्ञानिक अर्डेम पाटापौटिएनलाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय भएको थियो। द नोबेल एसेम्बली  एट कारोलिनास्का इन्स्टिच्युटले हाम्रो शरीरले ताप र स्पर्शलाई कसरी ग्रहण गर्छ भन्ने पत्ता लगाएकोमा जुलियस र पाटापौटिएनलाई नोबेल पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो। 

त्यस्तै, अक्टोबर ५ मा भौतिकशास्त्रको नोबेल पुरस्कार अमेरिकाको प्रिन्सटन विश्वविद्यालयका वैज्ञानिक स्युकुरो मनाबे, जर्मनीका क्लोस हासलमान र जर्जियो पारिसीलाई सयुंक्त रूपमा प्रदान गरिने घोषणा भइसकेको छ। हाम्रो जटिल भौतिक पद्धतिको बुझाइमा अभूतपूर्व योगदान पुर्‍याएकाले उनीहरूलाई यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दिने निर्णय गरेको द रोयल स्विडिस एकेडेमी अफ साइन्सले जनाएको छ। 

अक्टोबर ४ देखि ११ सम्म विभिन्न विधामा पुरस्कार घोषणा गरिँदै छ। साहित्यतर्फको नोबेल पुरस्कार बिहीबार, नोबेल शान्ति पुरस्कार शुक्रबार र अर्थशास्त्रतर्फको पुरस्कार आगामी सोमबार घोषणा गर्ने कार्यक्रम रहेको छ।