मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज २० बुधबार १३:२६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नम्बर प्लेट नराखी चलाएका २१९ वटा मोटरसाइकल नियन्त्रणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज २० बुधबार १३:२६:००

नम्बर प्लेट नराखी चलाएका दुई सय १९ वटा मोटरसाइकललाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ। महाशाखाले चलाएको नम्बर प्लेटविरुद्धको कारबाही अभियानको क्रममा नम्बर प्लेट नलेखिएका एक सय ६५ वटा र अस्पष्ट खुइलिएका नम्बर प्लेट भएका ५४ वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो। नम्बर प्लेट नलेखिएका, स्पष्ट नभएका, खुइलिएका, अनटेस्ट वा अस्थायी नम्बर प्लेट भएका, नम्बर प्लेटको टप बंग्याएका वा नम्बर प्लेट ढाकिएका मोटरसाइकललाई नियन्त्रणमा लिइएको  महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले बताए। 

उनले नयाँ अनटेस्ट र स्पष्ट नदेखिने नम्बर प्लेट नलेखिएका मोटरसाइकलहरूले दुर्घटना गर्दा गाडी नम्बर टिप्न, प्रहरीलाई खबर गर्न समस्या हुने गरेको जानकारी दिए। मोटरसाइकलहरू तीव्रगति र लापरबाहीका साथ चलाउने, ट्राफिक नियम उल्लंघन गर्दै हिँड्ने गरेकाले पनि नियन्त्रणमा लिइएको उनको भनाइ  छ। महाशाखाले  मोटरसाइकलधनीलाई आफ्नो सवारीसाधनको नम्बर प्लेट स्पष्ट राख्न र सवारीको अवस्थासमेत सही हालतमा राख्न महाशाखाले अनुरोध गरेको छ।