१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज २० बुधबार १२:२६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दसैँमा सर्वोच्चका सेवा आंशिक रूपमा सुचारु हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज २० बुधबार १२:२६:००

दसैँ बिदाको समयमा पनि सर्वोच्च अदालतका सेवाप्रवाह आंशिक रूपमा सुचारु रहने भएको छ। दसैँ बिदाको समयमा घटस्थापना, शनिबार र विजयादशमीको दिनबाहेक सर्वोच्चका सेवा आंशिक रूपमा सुचारु हुने भएको हो। सर्वोच्च अदालतका अनुसार असोज २१ गते घटस्थापनाका दिनदेखि कात्तिक ३ गते कोजाग्रत पूर्णिमाका दिनसम्म अदालतका सेवा प्रवाह बन्द रहनेछन्। 

यस अवधिमा पर्ने घटस्थापना, शनिबार र विजयादशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने उपरजिस्ट्रार देवेन्द्र ढकालले जानकारी दिए। 

सर्वोच्चमा दसैँ बिदाको समयमा पनि बन्दी प्रत्यक्षीकरणलगायतका अत्यावश्यक मुद्दाको सुनुवाइ हुने गर्दछ। यसका लागि निश्चित न्यायाधीशलाई जिम्मा दिने अभ्यास रहेको छ। बुधबार बसेको  पूर्ण बैठक (फुलकोर्ट) बैटकले दसैँ बिदामा न्यायसम्पादन गर्ने न्यायाधीशको रोस्टरसमेत तयार गरेको छ। 

न्याय प्रशासन ऐन, २०७३ को दफा २६ मा बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाइ गर्ने विशेष व्यवस्था गरिएको छ। जसमा अदालतले तीन दिन वा सोभन्दा बढी अवधिका लागि अदालत बन्द रहने भएमा त्यस्तो बिदाको अवधिभर बन्दीप्रत्यक्षीकरणको निवेदन लिई सुनुवाइ गर्न न्यायाधीश तोक्नुपर्ने व्यवस्था गरेको छ। सर्वोच्चका प्रवक्ता बाबुराम दाहालका अनुसार सर्वोच्चमा दसैँ बिदाको समयमा दैनिक एक या दुई न्यायाधीशलाई  न्याय सम्पादनको जिम्मेवारी दिने अभ्यास रहेको छ।