मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १९ मंगलबार ०६:२१:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नागरिक लगानी कोष र  आइएमई लिमिटेडबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १९ मंगलबार ०६:२१:००

नागरिक लगानी कोष र आइएमई लिमिटेडबीच वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले नागरिक पेन्सन योजनामा सहभागी भई बचत जम्मा गराउनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले हस्ताक्षर गरेका हुन् ।  

वैदेशिक रोजारीमा रहेका नेपालीलाई नागरिक पेन्सन योजनामा आबद्ध गर्न ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि)को प्राविधिक सहयोगमा कोष र रेमिट्यान्स कम्पनीहरूको सफ्टवेयरलाई आबद्धता गर्ने सफ्टवेयर निर्माण गरेको थियो । उक्त सफ्टवेयरको निर्माणसँगै आइएमईसँग भएको समझदारीले वैदेशिक रोजागारीमा रहेका नेपालीले सहज रूपमा नागरिक पेन्सन योजनामा सहभागी हुन र रकम जम्मा गर्न सक्ने अपेक्षा गरेको कोषले जनाएको छ ।