Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १८ सोमबार २१:४६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एकैदिन अमेरिकी र चिनियाँ राजदूतले भेटे परराष्ट्रमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १८ सोमबार २१:४६:००

चीन र अमेरिकाका नेपालस्थित राजदूतहरूले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग सोमबार शिष्टाचार भेट गरेका छन् । सुरुमा अमेरिकी राजदूत ¥यान्डी बेरी र त्यसपछि चिनियाँ राजदूत होउ यान्छीले परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले ट्विटरमा जनाएको छ । विश्वका दुई प्रतिस्पर्धी मुलुकका राजदूतहरूको संयोगवश एकैदिन परराष्ट्रमन्त्रीसँग भेटवार्ता भएको छ । 

डा. खड्का परराष्ट्रमन्त्री भएपछि उनीहरूको पहिलो शिष्टाचार भेट हो । परराष्ट्रका अनुसार मन्त्री खड्काले कोभिड १९ विरुद्धको लडाइँमा र नेपालको विकासका प्रयासमा अमेरिकाको निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए । 

द्विपक्षीय सम्बन्ध तथा बहुपक्षीय आबद्धताका विभिन्न विषयहरूमा पनि छलफल भएको परराष्ट्रले जनाएको छ । नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्धको ७० वर्ष पुगेको छ । द्विपक्षीय सम्बन्धबारे छलफल भएको राजदूत बेरीले ट्विटरमा उल्लेख गरेका छन् । भेटमा एमसिसीका विषयमा पनि चर्चा भए पनि परराष्ट्रले ट्विटरमा उल्लेख गरेको छैन । 

चिनियाँ राजदूत यान्छीसँगको भेटमा कोभिड १९ विरुद्धको खोपमा सहकार्य तथा द्विपक्षीय सम्बन्धका विभिन्न पक्षबारे छलफल भएको परराष्ट्रले जनाएको छ ।

यान्छीले चिनियाँ विदेशमन्त्री एवं स्टेट काउन्सिलर वाङ यीको बधाई सन्देश सुनाएकी छिन् । स्रोतका अनुसार परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षी वाङबीच टेलिफोन वा भिडियो कन्फरेन्समार्फत संवादका लागि छलफल सुरु भएको छ ।