१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १८ सोमबार १८:१४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानन्यायाधीशसँग मन्त्री कोटाको विषय जोडिनु खेदजनक : नेपाल बार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १८ सोमबार १८:१४:००

नेपाल बार एसाेसिएसनले मन्त्रिमण्डल विस्तारका क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासमेतको नाम जोडिएकोप्रति खेद प्रकट गरेको छ । बारका महासचिव लीलामणि पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद् विस्तारमा कोटा खोजेको भन्ने विषयमा प्रकाशित समाचारको विषयलाई लिएर ध्यानाकर्षण भएको जनाएको हो । 

बारले संवैधानिक निकायका प्रमुखसँग यस्तो विषय जोडिनु असंवैधानिक र खेदजनक भएको ठहर गरेको छ । बारले शक्ति पृथकीकरणको सिद्धान्त, नियन्त्रण र सन्तुलनको सिद्धान्त र संवैधानिक सर्वोच्चता कायम राख्न सबैसँग आग्रहसमेत गरेको छ।