मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १८ सोमबार १६:३६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस महामन्त्री खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १८ सोमबार १६:३६:००

कोरोना संक्रमण देखिएका नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ। बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालले महामन्त्री खड्काको स्वास्थ्य अवस्था स्थिर र सुधारोन्मुख रहेको जानकारी दिएको हो।

कोभिड संक्रमण भई अस्पताल भर्ना भएका नेता खड्कामा निमोनिया देखिएको र अहिले अवस्था सुधारोन्मुख रहेको अस्पतालले प्रेस विज्ञप्ति निकालेर जानकारी दिएको हो। महामन्त्री खड्का असोज १२ गते अस्पताल भर्ना भएका थिए।