१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १८ सोमबार १२:५५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मिर्गौला प्रत्यारोपण निःशुल्क गर्न माग गरिएको रिट न्यायाधीशद्वय खतिवडा र ढुंगानाको बेन्चमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १८ सोमबार १२:५५:००

मिर्गाैला प्रत्यारोपणलाई पूर्ण निःशुल्क गराउन माग गर्दै परेको रिटमाथि सुनुवाइ तोकिएको छ। सर्वोच्च अदालतले आजका लागि न्यायाधीशद्वय  ईश्वरप्रसाद खतिवडा र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा सुनुवाइ तोकेको हो।

अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले मिर्गौला प्रत्यारोपण पूर्ण रूपमा निःशुल्क गराउन माग गर्दै साउन १२ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिटमा प्रत्यारोपण आधारभूत स्वास्थ्य सेवाअन्तर्गत पर्ने भएकाले सरकारलाई प्रत्यारोपणका नाममा शुल्क असुल नगराउन अन्तरिम आदेश माग गरिएको छ।