मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १८ सोमबार १२:२८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई मुद्दा चलाउन माग गरिएको रिटमाथि सुनुवाइ हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १८ सोमबार १२:२८:००

बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा चलाउन माग गरिएको रिटमाथि सुनुवाइ तोकिएको छ। सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमा सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासमा  सुनुवाइ तोकेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल र भट्टराईलाई मुद्दा नचलाएको भन्दै वरिष्ठ अधिवक्ता न्यौपानेले अख्तियारसमेतलाई विपक्षी बनाएर ०७६ माघ २९ मा रिट दर्ता गराएका थिए।

रिटमा बालुवाटार प्रकरणमा नेपाल र भट्टराईमाथि अनुसन्धान गरेर मुद्दा चलाउन माग गरिएको छ।