१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रमेश रावल वीरेन्द्रनगर
२०७८ असोज १८ सोमबार ०७:२०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस कालिकोटको सभापतिमा शाही 

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७८ असोज १८ सोमबार ०७:२०:००

नेपाली कांग्रेस कालिकोटको सभापतिमा अम्बबहादुर शाही सर्वसम्मत चयन भएका छन् । आइतबार बसेको नेपाली कांग्रेस कालिकोटले शाहीलाई सर्वसम्मत चयन गरेको हो । 

नेपाली कांग्रेस कालिकोटको सातौँ जिल्ला अधिवेशनबाट उपसभापतिमा देउवा पक्षका मीनबहादुर बोगटी र नन्दबहादुर शाही (घमन), सचिवमा युवा नेता नगेन्द्र विष्ट र मातृका सिंह चयन भएका छन । अन्य जिल्ला कार्यसमिति र महासमिति सदस्यहरू पनि सहमति नै चयन गर्ने सहमति भएको कांग्रेस कालिकोटका सचिव नगेन्द्र विष्टले बताए । 

सभापति भएका शाही नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् भने उपसभापति भएका बोगटी प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन् । अर्का उपसभापति शाही पौडेल पक्षका हुन् । सचिव विष्ट पौडेल पक्षका हुन् भने सिंह देउवा पक्षका हुन् ।