मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १७ आइतबार १४:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दसैँलगत्तै बालबालिकालाई खोप लगाउन सुरु गरिन्छ : राज्यमन्त्री श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १७ आइतबार १४:३५:००

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दसैँलगत्तै १८ वर्षमुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताएका छन्। आइतबार कान्ति बाल अस्पताललाई बुद्धिष्ट चु जी च्यारिटी फाउन्डेसनले स्वास्थ्य सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रममा बोल्दै राज्यमन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।

उनले १८ वर्षमुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको एक करोड खोप आउने सुनिश्चितता भइसकेको जानकारी दिए। यसका लागि ४० लाख मोडर्ना र ६० लाख फाइजर खोप खरिदको व्यवस्था गरिसकिएको उनले बताए। त्यसमध्ये  फाइजरको एक लाख मात्रा दसैँलगत्तै आउने उनले बताए।

राज्यमन्त्री श्रेष्ठले सरकारले स्वास्थ्य क्षेत्रको दरबन्दी बढाउन ध्यान दिएको पनि बताए। कोभिड– १९ रोकथाम तथा नियन्त्रणको सम्बन्धमा मृत्यु भएका स्वास्थ्यकर्मीका बालबच्चालाई अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने पनि उनले उल्लेख गरे।

कार्यक्रमबीच फाउन्डेसनले कान्ति बाल अस्पताललाई २५ वटा भेन्टिलेटरलगायतको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। कोरोना ४१ करोड ४८ लाख ४९ हजार ३०० रुपैयाँबराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको फाउन्डेसनका नेपाल प्रतिनिधि महेश नकर्मीले जानकारी दिए।