मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १७ आइतबार १३:५५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस महाधिवेशन : काठमाडौंमा मतदान जारी, दक्षिणकालीमा अधिवेशन रोकियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १७ आइतबार १३:५५:००

नेपाली कांग्रेसको १४औँ महधिवेशनअन्तर्गत जारी नगर अधिवेशनमा काठमाडौंमा ११ मध्ये ७ नगरको अधिवेशन सम्पन्न भएको छ। कांग्रेस काठमाडौंका निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता नरहरि आचार्यका अनुसार ७ नगरमा निर्वाचन सम्पन्न भएका छन्।

बाँकी तीनमध्ये काठमाडौं महानगरपालिकामा नेतृत्व चयनका लागि मतदान भइरहेको छ। कीर्तिपुर र चन्द्रागिरी नगरपालिकामा सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको छ। उनका अनुसार दक्षिणकाली नगरपालिकामा भने निर्वाचन हुन सकेको छैन। दक्षिणकालीको वडा नम्बर २ मा  क्रियाशील विवाद रहेकाले निर्वाचन सम्पन्न हुन नसकेको आचार्यले नयाँ पत्रिकालाई जानकारी दिए। 

‘काठमाडौंमा शनिबार मतदाता नामावलीलगायतका विषय सकाइयो। आज निर्वाचन भइरहेको छ। कीर्तिपुरमा सर्वसम्मत नेतृत्व चयनका लागि समय माग गरिएको छ,’ उनले भने, ‘दक्षिणकाली नगरपालिकामा भने वडा नम्बर २ मा रहेको क्रियाशील सदस्यता विवादका कारण अधिवेशन रोकिएको छ।'