मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७८ असोज १६ शनिबार १०:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जनशक्ति अभावमा यत्तिकै थन्किए आइसियू र भेन्टिलेटर

Read Time : < 1 मिनेट
२०७८ असोज १६ शनिबार १०:५२:००

कोभिड–१९ संक्रमितले आइसियू वा भेन्टिलेटर त परै जाओस् पर्याप्त अक्सीजनसमेत नपाउँदा अकालमा ज्यान गुमाउनुपरेको दृष्टान्त हामीमाझ धेरै छन् । तर, लमजुङमा भने आइसियू र भेन्टिलेटर भए पनि अस्पतालमामा दक्ष जनशक्तिको अभावका कारणा प्रयोगमा आउन नसकी थन्क्याएर राख्नुपरेको छ । 

जिल्ला अस्पताल लमजुङमा दक्ष जनशक्ति अभाव हुँदा भेन्टिलेटर र आइसियू प्रयोगमा आउन नसकेको हो । अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले अस्पतालमा ०७७ पुसमा प्रदेश सरकारले दुईवटा भेन्टिलेटर र संघ सरकारले एउटा भेन्टिलेटर सहयोग गरेको बताए । 

पाँच बेडको आइसियू बेड स्थापना गरे पनि दक्ष जनशक्ति नहुँदा प्रयोगमा आउन सकेको छैन। कोरोना महामारीका वेलामा अस्पतालमा आइसियूको आवश्यकता हुने भए पनि जिल्ला अस्पताल लमजुङमा भेन्टिलेटर सञ्चालनमा नआउँदा समस्या भएको छ । 

जिल्लाबाट कोरोनाका जटिल बिरामीलाई जिल्लाबाहिर रिफर गरिएको अस्पतालका प्रमुख श्रेष्ठले बताए । गण्डकी प्रदेश र संघीय सरकारले दिएको भेन्टिलेटर प्रयोगमा आउन नसकेको हो ।