१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ असोज १५ शुक्रबार २१:१९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुदूरपहाडमा दुई हप्तामा तीनपटक भूकम्प

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ असोज १५ शुक्रबार २१:१९:००

सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा पछिल्लो समय लगातार भूकम्पको धक्का महसुस भइरहेको छ । दुई हप्ताको अवधिमा यस क्षेत्रमा तीनपटक भूकम्प गइसकेको छ ।  

 शुक्रबार मात्रै बिहान ४: ५५ मिनेटमा बझाङको सुर्मा गाउँपालिकाको दौलीचौर केन्द्रबिन्दु भएर ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालले जानकारी  दिए ।  यसअघि असोज ८ गते दार्चुला सदरमुकामबाट उत्तरपश्चिम ४० किमि भारत केन्द्रबिन्दु भएर ४ दशमलब ४  रेक्टर स्केलको भूकम्प गएको थियो ।

त्यसअघि असोज ४ गते दार्चुलाको खर्रा क्षेत्र आसपास केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प धक्का महसुस गरियो । लगातार रूपमा धक्का महसुसले यहाँ जोखिम बढ्दै गएको छ । तीनपटक गएको भूकम्पले भने कुनै क्षति गरेको छैन ।