१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ असोज १५ शुक्रबार १९:३०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्षद्वारा कल्याणकारी योजनाको शुभारम्भ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ असोज १५ शुक्रबार १९:३०:००

सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष सरिता कणेल खनालले बिहीबार नेपाल एपिएफ अस्पतालमा आयोजित एक कार्यक्रमका बीच महिला स्वास्थ्यसम्बन्धी कल्याणकारी योजनाको शुभारम्भ गरेकी छिन् । सो अवसरमा उनले  उक्त कल्याणकारी योजनाको अफिस, महिलाको पाठेघरसम्बन्धी विविध स्वास्थ्य जाँचमा प्रयोगमा आउने उपकरण तथा ‘भी.आई.ए., भी.आई.एल.आई. जाँच, रोगको पहिचान तथा उपचार तालिम’को समुद्घाटन गरिन् । 

संघकी अध्यक्ष कणेल खनालले महिलाहरूको पाठेघरको उपचारमा सहयोग पुग्ने आधुनिक उपकरण खरिदबापत लागेको रु पाँच लाखबराबरको चेक एपिएफ अस्पताललाई सहयोगस्वरूप हस्तान्तरण गरिन् । सो अवसरमा संघकी अध्यक्ष खनालले उपचारत बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै महिला बिरामीहरूलाई फलफूल वितरण गरिन् । 

देशभरका आर्थिक अवस्था कमजोर भएका पाठेघरसम्बन्धी समस्या भोगिरहेका दिदीबहिनीहरूको उपचारको लागि सशस्त्र प्रहरी परिवार महिला संघको सिफारिसमा नेपाल एपिएफ अस्पतालमा पाठेघरको क्यान्सरको पहिचान तथा उपचारमा सहयोग पुर्‍याउने उद्देश्यका साथ सो संघले उक्त योजना कार्यान्वयनमा ल्याएको हो ।

कार्यक्रममा नेपाल एपिएफ अस्पतालका प्रमुख प्राविधिक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक डा. रूपक महर्जनले धन्यवाद ज्ञापनको क्रममा कोभिड–१९ महामारीपीडितको उपचारमा अस्पतालले प्रदान गरेको सेवाको विभिन्न क्षेत्रहरूबाट प्रशंसा भएको चर्चा गर्नुहुँदै अस्पतालमा थप भएको आधुनिक उपकरणहरूको प्राप्तिसँगै राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरू, उनीहरूका आश्रित परिवार, स्थानीय सर्वसाधारण नागरिक तथा मानव सेवा आश्रमका बेसहारा, अशक्त, असहाय एवं अभिभावकविहीनहरूको निःशुल्क उपचारमा महत्वपूर्ण सहयोग पुग्ने बताए ।