मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १५ शुक्रबार १५:५४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अदालतको अवहेलना मुद्दामा चार पूर्वप्रधानन्यायाधीशलाई सर्वोच्चले दियो सफाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १५ शुक्रबार १५:५४:००

अदालतको अवहेलना मुद्दामा चार पूर्वप्रधानन्यायाधीशलाई सर्वोच्च अदालतले सफाइ दिएको छ।  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना मल्ल प्रधानको इजलासले मागदाबी नपुग्ने भन्दै सफाइ दिएको हो। 

पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अदालतको अवहेलना गरेको भन्दै मुद्दा दर्ता भएको थियो। प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै उनीहरूले विज्ञप्ति जारी गरेका थिए। अदालतमा विचाराधीन मुद्दामा अभिव्यक्ति दिएको भन्दै उनीहरूविरुद्ध मुद्दा परेको थियो।