Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १५ शुक्रबार १५:३६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्तामा मिचिएको भूमि फिर्ता ल्याउन चाहन्छौँ : ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १५ शुक्रबार १५:३६:००

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाल–भारतबीच देखिएका सीमालगायतका समस्या समाधान गर्न जिम्मेवारपूर्ण कूटनीतिक पहल गर्नुपर्ने बताएका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्तामा नेपाली भूमि मिचिएको उल्लेख गर्दै त्यसलाई फिर्ता ल्याउन आफ्नो पार्टीले चाहेको पनि स्पष्ट पारे। उनले छिमेकी मुलुक भारत र चीनका जायज माग सम्बोधन गर्न आफूहरू प्रतिबद्ध रहेको बताए। 

शुक्रबारबाट ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा सुरु भएको विधान राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले कसैसँग पनि भैरभाव नराख्नु आफ्नो पार्टीको विदेश नीति भएको बताए। ‘हामी चीन र भारतसँग सार्थक वार्ता गरेर सीमा समस्या समाधान होस् भन्ने चाहन्छौँ । यसले त्रिदेशीय सहकार्यको सम्भावना पनि बढ्नेछ। नेपाल एक चीन नीतिमा अडिग छ,’ उनले भने, ‘नेपाल–भारत सीमा वारपार अपराध नहोस् र आतंककारीले लाभ उठाउन नपाउन् भन्ने कुरामा भारतको चासो देखिन्छ। भारतसँगको व्यापारघाटा लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्ता क्षेत्रमा नेपाली भूभाग फिर्ता र सीमाको व्यवस्थामा हुने अनावश्यक चासोजस्ता विषयमा नेपालको चासो र सरोकार रहेको छ।’