Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७८ असोज १५ शुक्रबार १३:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस अधिवेशन : मुगुका दुवै क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन

Read Time : < 1 मिनेट
२०७८ असोज १५ शुक्रबार १३:१०:००

नेपाली कांग्रेस मुगुको दुवै निर्वाचन क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ। १४औँ महाधिवेशनअन्तर्गत जिल्लाका प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर (क) र (ख) दुवै क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको हो।

क्षेत्र (क) को सभापति पदमा कार्मा फुन्जोक लामा र क्षेत्र (ख) बाट रामबहादुर रावत सभापतिमा सर्वसम्मत चयन भएका हुन्। दुवै निर्वाचन क्षेत्रमा सभापतिसहित सबै पदाधिकारी सर्वसम्मत चयन भएका हुन्। 

नियमित तालिकाअनुसार दुवै क्षेत्रको उद्घाटन १२ गते गरिए पनि क्षेत्र (क)को १३ गते र (ख) को १४ गते बेलुकी मात्रै सभापति तथा पदाधिकारी चयन गरिएको निर्वाचन समिति मुगुले जनाएको छ।

जिल्लाका चार स्थानीय तहमध्ये खत्याड गाउँपालिका, सोरु र कार्मारोङ गाउँपालिकामा निर्विरोध पदाधिकारी चयन भएका थिए भने छायानाथ रारा नगरपालिकामा निर्वाचन प्रक्रियाबाट नेतृत्व छनोट भइसकेका छन्। जिल्लाभरिका ४५ वडामा पनि निर्विरोध पदाधिकारी छनोट भएका हुन्।

मुगुमा जिल्ला अधिवेशनको उद्घाटन आजै गरिँदै छ।