१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १५ शुक्रबार ०८:१३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भायानेटको ‘बडादसैँमा बडा अफर’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १५ शुक्रबार ०८:१३:००

इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवाप्र्रदायक भायानेटले बडादसैँमा आफ्ना ग्राहकलाई उही मूल्यमा बढी स्पिड भएको इन्टरनेट र भायाटिभी प्याकेजका साथ टिभी खरिदमा समेत छुट दिने अफर ल्याएको छ । कम्पनीले ३२ र ५५ इन्चको एमआई एन्ड्रोइड टिभीमा छुटसहित ‘भायानेट बडादसैँमा बडा स्पिड, बडा टिभी अफर’ 
ल्याएको हो । 

अफरअन्तर्गत भायानेटको नयाँ तथा पुराना ग्राहकले भायानेटको सुपर स्पिड इन्टरनेट र १७५ प्लस च्यानल भएको भायाटिभीको कम्बो प्याकेजको वार्षिक सदस्यतामा उही मूल्यमा अझ बढी स्पिड पाउन सक्ने जनाइएको छ । साथै, भायानेटले साओमीसँगको सहकार्यमा भायानेटको इन्टरनेट र भायाटिभी प्याकेजसँगै एमआई एन्ड्रोइड टिभी बन्डल गरेको छ । यस बन्डलको खरिदमा ग्राहकले ३२ र ५५ इन्चको एमआई एन्ड्रोइड टिभीमा २२ प्रतिशतसम्म छुट पाउने कम्पनीले जनाएको छ ।