Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १४ बिहीबार १४:२५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोभिड– १९ स्वास्थ्य मापदण्डभित्र रहेर चाडबाड मनाउन प्रशासनको आग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १४ बिहीबार १४:२५:००

जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्वास्थ्य सतर्कतासहित दसैँ–तिहारजस्ता चाडबाड मनाउन आग्रह गरेको छ। प्रशासनले एक आदेश जारी गर्दै कोभिड– १९ को स्वास्थ्य मापदण्ड पालनासहित चाडबाड मनाउन आग्रह गरेको हो ।

कोभिड– १९ नियम पालनासँगै न्यूनतम उपस्थितिमा चाडबाड मनाउन आमसर्वसाधारणलाई प्रशासनले निवेदन गरेको छ। असोज १४ गते रातिदेखि लागू हुने गरी प्रशासनले नयाँ आदेश जारी गरेको हो। कोरोना संक्रमण कायमै रहेकाले प्रशासनले अनावश्यक रूपमा ओहोरदोहोर तथा भिडभाड गर्न रोक लागाएको छ। जात्रा, महोत्सवजस्ता पर्वहरू मनाउँदा कोभिडबारे होसियार रहने र नारा, जुलुस प्रदर्शनजस्ता भिडभाडजन्य गतिविधि नगर्न प्रशासनले निर्देशन दिएको छ।
 
कोभिडका वेला ओहोरदोहोर गर्दा मास्कको प्रयोग अनिवार्य गर्ने, भौतिक दूरी कायम राख्ने, साबुनपानीले हात धुनेलगायत स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न सबैलाई अनुरोध गरिएको छ। कोभिड– १९ महामारीको रोकथाम तथा नियन्त्रण सम्बन्धमा मन्त्रिपरिषद्को निर्णयअनुसार प्रशासनले थप सचेत गराएको हो, जसअनुसार चाडबाडमा सकेसम्म घरभित्रै परिवारका व्यक्तिहरू मात्र सामेल हुने, सर्वसाधारण व्यक्ति, समूह तथा संस्थालगायतका निकायहरूबाट आर्थिक, सामाजिक, व्यावसायिक तथा अन्य गतिविधिहरू सञ्चालन गर्दा मास्कको अनिवार्य प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, पटकपटक साबुनपानीले हात धुनेजस्ता नियम पालना गर्न अपिल गरिएको छ।

त्यस्तै, चाडपर्वको समयमा बढी भिडभाड र जोखिमयुक्त क्षेत्रहरू तथा यात्रा गर्दा हुन सक्ने चोरी, ठगी, लुटपाटजन्य गतिविधिबाट सर्वसाधारण सचेत रहने, यात्रा गर्दा आधिकारिक टिकट काउन्टरबाट मात्र टिकट काटी यात्रा गर्न र सवारीसाधनको छतमा यात्रा नगर्न प्रशासनले निर्देशन दिएको छ।

चाडबाडको वेला सार्वजनिक सञ्चालनको हकमा पनि प्रशासनले नियम तोकेको छ । जसअनुसार उपत्यका तथा लामो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनहरू स्वीकृत सिट क्षमताभित्र सञ्चालन हुनुपर्ने, कुल स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुहरूले अनिवार्य रूपमा मास्क लगाउने, मास्क नलगाउने यात्रुलाई सवारीसाधनमा प्रवेश गर्न नदिने, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पन्जा लगाउने, सवारीसाधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने, अनिवार्य रूपमा सवारीसाधन दैनिक स्यानिटाइज गर्नुपर्नेछ।