मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस
२०७५ पौष ५ बिहीबार १७:०९:००
Read Time : < 1 मिनेट
समाचार

मोदीलाई फेसबुकमा गाली गर्ने पत्रकारलाई एक वर्ष जेल सजाय

Read Time : < 1 मिनेट
रासस
२०७५ पौष ५ बिहीबार १७:०९:००

प्रधानमन्त्री नरेन्द्र मोदीलाई गाली गरी ‘फेसबुकमा सन्देश पोष्ट’ गरेको भन्दै भारतीय प्रशासनले एक पत्रकारलाई एक वर्षको जेल सजाय तोकेको छ । सामाजिक सञ्जालमा प्रेषित सन्देशलाई लिएर पत्रकारलाई थुन्नुलाई आलोचकहरूले वाक स्वतन्त्रतामाथिको कठोर नीति भनेका छन् । 

गत महिना उत्तरपूर्वी राज्य मनिपुरबाट पक्राउ परेका पत्रकार किशोरचन्द्र वाङखेमलाई कठोर कानूनी उल्लङ्घन (डार्कोनियन ल) सजायअन्तर्गत एक वर्षको जेल सजाय गरिएको थियाे । उक्त कानूनी प्रावधानअनुसार भारतमा कसैले ओहोदामा रहेका अधिकारीमाथि गाली गरे अदालती सुनुवाइ बिना एक वर्ष जेलमा राख्न सुरक्षा अधिकारीलाई छुट रहेकाे छ । 

स्थानीय सञ्चारमाध्यमका अनुसार पत्रकार वाङ्खेमले आफ्नो पोस्टमा प्रधानमन्त्री मोदी र मनिपुर राज्यका मुख्यमन्त्री कट्टर हिन्दुवादी राष्ट्रिय स्वयमसेवक संघ (आरएसएस) को ‘कठपुतली’ भएको भन्ने भावसहित भिडियो राखेको बताएका छन् । 

पत्रकार वाङ्खेमलाई पहिले पनि राजद्रोह गरेको आरोपमा पक्राउ गरे पनि स्थानीय अदालतद्वारा धरौटीमा रिहा भएको थिए । धरौटीमा रिहा भएपछि उनी उत्तेजित बनेको सुरक्षा अधिकारीले बताएका छन् । गत महिना एक शिक्षकले प्रधानमन्त्री मोदीलाई ‘कुकुर’ भनेपछि पक्राउ गरिएको थियो ।