Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ असोज १४ बिहीबार ०८:४४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बाढीले सडक अवरुद्ध हुँदा मनाङको आलुले बजार पाएन

Read Time : > 1 मिनेट
२०७८ असोज १४ बिहीबार ०८:४४:००

असार १ गते आएको बाढीले सडक अवरुद्ध हुँदा मनाङमा उत्पादित आलुलाई बजारसम्म पुर्‍याउन समस्या भएको छ । गतवर्षसम्म बाहिरी जिल्लाका व्यापारीहरू आलु किन्नका लागि किसानकै घरमा पुग्ने गर्थे । तर, यसपालि मनाङ जोड्ने एक मात्र बेंसीसहर–चामे सडक साढे दुई महिनादेखि अवरुद्ध हुँदा उत्पादित आलु बिक्री हुन नसकेको स्थानीयको गुनासो छ । 

तराई र पहाडका बासिन्दाले हिमाली जिल्लाहरूमा कुनै पनि खाद्यान्न उत्पादन हुँदैनन् भन्दै हिमाली जिल्लाहरूलाई हेर्ने नजर फरक राख्नेहरू आज आलु किन्न मनाङसम्म आउँदा निकै खुसी भएको अनुभव मनाङ निस्याङ गाउँपालिका– १ तलेखुका खुसी लामाले सुनाइन् । 

उनी भन्छिन्, ‘यसवर्ष उत्पादित आलु बाटो नहुँदा बजारमा पुर्‍याउन कठिन भयो । अघिल्ला वर्षहरूमा हामीले उत्पादन गरेको आलु बाहिरी जिल्लाहरूमा पठाउने गरिन्थ्यो ।’ स्थानीय मनकुमारी गुरुङ भन्छिन्, ‘अहिले उत्पादनमा पनि कमी आयो, उत्पादित आलुसमेत बजार पुर्‍याउन सकिएन ।’

 गत वर्षसम्म बाहिरी जिल्लाका व्यापारीहरू आलु किन्नका लागि उनकै घरमा पुग्ने गर्थे । तर, यसपालि मनाङ जोड्ने एक मात्र बेंसीसहर–चामे सडक साढे दुई महिनादेखि अवरुद्ध हुँदा उत्पादित आलुसमेत बिक्री नभएको मनकुमारी बताउँछिन् । मनाङका किसानले विगतका वर्षहरूमा कुल उत्पादनको ४० प्रतिशत मात्रै आलु निर्यात गर्ने गरे पनि बेंसीसहर–मनाङ सीधा यातायात चल्न थालेपछि ८५ प्रतिशत आलु निर्यात हुने गर्दथ्यो । मनाङमा उत्पादन भएको आलु किसानले प्रतिकिलो ६० देखि ७० रुपैयाँको दरले बिक्री गर्दै आएका थिए । सजिलैसँग पाक्ने र स्वादिलो हुने हुँदा बाहिरी जिल्लामा मनाङको आलुले स्थान पाएको कृषकले बताएका छन् । 

मनाङको चारवटै गाउँपालिकामा आलु उत्पादन हुने गर्दछ । साबिकको जिल्ला कृषि विकास कार्यालय मनाङले ठाउँठाउँमा भण्डारगृहको स्थापनासमेत गरिदिएको छ । कार्यालयले आलु भण्डार गर्ने घर बनाइदिएपछि सजिलो भएको छ । कृषक विष्णु गुरुङले भनिन्, ‘यसवर्ष सडक अवरुद्ध हुँदा उत्पादन भएको आलु लमजुङको बेंसीसहर पुर्‍याउनै कठिन भयो ।’ विगतका वर्षमा आलु किन्नको लागि चितवन, पोखरा, लमजुङलगायतका स्थानका व्यापारीहरू मनाङ पुग्ने गरे पनि  यस वर्ष सडक अवरुद्ध हुँदा मनाङ पुग्न सकेका छैनन् ।

मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले यस वर्ष मनाङमा आलु उत्पादन घटेको बताए । उनले भने, ‘मनाङमा यसवर्ष निरन्तर वर्षा भएकाले पनि उत्पादनमा कमी आएको हो । माथिल्लो मनाङमा यसवर्ष आलु उत्पादनमा धेरै गिरावाट भएको गुरुङ बताउँछन् । जिल्ला कृषि विकास कार्यालयले मनाङको धारापानी, नाचै ओडार र माथिल्लो मनाङको हुम्डे गाउँलाई आलुको पकेट क्षेत्रको रूपमा विकास गरेको छ । जिल्लाको चार गाउँपालिकाका किसानले जनकदेव, डिजिरे, मिओले, कार्डिनल तथा स्थानीय जातका आलु उत्पादन गर्दै आएका थिए ।