१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १३ बुधबार २०:४०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल अस्पताल भर्ना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १३ बुधबार २०:४०:००

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ज्वरो र खोकीको समस्याका कारण त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन् । स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकहरूको सल्लाह रहेको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । 

नेपालको उपचारमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दाससहितको टोली संलग्न रहेको छ । स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा भेटघाट बन्द गरिएको गौतमले जानकारी दिए ।