मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १३ बुधबार १८:५९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोरोना बिमाबारे थप अध्ययन गरेर प्रक्रिया बढाउन अर्थमन्त्रीको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १३ बुधबार १८:५९:००

विभिन्न बिमा कम्पनीहरूले भुक्तानी गर्न बाँकी  कोरोना बिमाको सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले छलफल थालेका छन् ।  बुधवार मन्त्री शर्माले  बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालसहितका पदाधिकारीहरूलाई बोलाएर काेरोना बिमा भुक्तानीको लागि आवश्यक पर्ने स्रोतसाधन र उपायका विषयमा छलफल गरेका हुन् । अर्थमन्त्री शर्माले यस विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने गरी तयारी थाल्न समितिलाई निर्देशन दिएका छन्। 
विभिन्न बिमा कम्पनीहरूले बिमितहरूलाई ११ अर्बभन्दा बढी रकम भुक्तानी दिन बाँकी छ ।