१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १३ बुधबार १७:२६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अर्को साता महामन्त्रीको उम्मेदवारी घोषणा गर्छु : प्रदीप पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १३ बुधबार १७:२६:००

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले छिट्टै महामन्त्रीको उम्मेदवारी घोषणा गर्ने बताएका छन् । उनले अर्को साता आफूले उम्मेदवारी घोषणा गर्ने तयारी गरेको बताए । क्रियाशील सदस्यता विवरण टुंग्याउने जिम्मेवारीका कारण घोषणामा ढिलाइ भएको उनले जानकारी दिए।

नयाँ पत्रिकासँगको कुराकानीमा उनले क्रियाशील सदस्यताको काम पूर्ण रूपमा टुंग्याएपछि उम्मेदवारी घोषणा गर्न लागेको बताए । ‘क्रियाशील सदस्यताको काम पूर्ण रूपमा टुंग्याएपछि घोषणा गर्छु भन्ने हो,‘अर्को साता घोषणा गर्दै छु।’

उनले घोषणाको मिति भने तय नभएको जानकारी दिए । क्रियाशील सदस्यताको काम अन्तिम चरणमा पुगेपछि पौडेलले यस्तो प्रतिक्रिया दिएका हुन्। अब ५ जिल्लामा मात्र क्रियाशील विवाद समाधान हुन बाँकी छ । ती जिल्लाको पनि विवरण अन्तिम चरणमा रहेको बताइएको छ।