मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १३ बुधबार १५:१९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस महाधिवेशन : काठमाडौं र मोरङका पालिका अधिवेशन असोज १६ मा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १३ बुधबार १५:१९:००

काठमाडौं र मोरङमा १६ असोजमा पालिका अधिवेशन हुने भएको छ। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जारी पालिका तहको अधिवेशन १६ असोजलाई तोकिएको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ।

निर्वाचन समिति सदस्य गोपालकृष्ण घिमिरेका अनुसार ९ असोजमा तोकिएको पालिका अधिवेशनको कार्यतालिकाअनुसार नयाँ मिति तय भएको हो। ‘मोरङमा १६ असोजमा पालिका अधिवेशन तय भएको छ,’ त्यही दिन काठमाडौंमा पनि अधिवेशन तोकिएको छ। 

उनले वडा अधिवेशन सम्पन्न भएको अधिकांश जिल्लामा पालिका अधिवेशन सम्पन्न भइसकेको जानकारी दिए । ‘केही जिल्लामा मात्र एक–दुई ठाउँका कारण हुन सकेका छैनन्,’ उनले भने, ‘अधिकांश जिल्लामा निर्वाचन भइसकेको जानकारी छ।’