Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नवराज मैनाली
२०७५ पौष ५ बिहीबार १७:०३:००
Read Time : < 1 मिनेट
प्रदेश

नोट छपाईमा भ्रष्टाचार भएकाे भन्दै पूर्व गर्भनरसहित तीनविरुद्ध मुद्दा दायर

Read Time : < 1 मिनेट
नवराज मैनाली
२०७५ पौष ५ बिहीबार १७:०३:००

पोलिमार नोट छपाईमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गर्भनर तिलक रावलसहित तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले रावल, राष्ट्र बैंकमा तत्कालिन नोट विभागका प्रमुख उपेन्द्र केशरी पौडेल र स्थानीय प्रतिनिधि हिमालय बहादुर पाँडेविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

तीनै जनाविरुद्ध प्रतिव्यक्ति करिब ९१ लाख बिगो दाबी गरिएको छ । रावल गर्भनर भएको बेला राष्ट्र बैंकले अष्ट्रेलियन कम्पनीसँग मिलेर १० दरका ५ करोड थान कमसल पोलिमार नोट छपाई गरेको थियो । त्यस सम्बन्धमा अष्ट्रेलियामा समेत अनुसन्धान भइरहेको छ । पौडेल एनमबी बैंकका पूर्व सिइओ हुन्, भने पाँडे नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष हुन् ।