१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका विराटनगर
२०७८ असोज १२ मंगलबार १३:५८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ट्रयाक्टर र मोटरसाइकल ठाेक्किँदा एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
२०७८ असोज १२ मंगलबार १३:५८:००

मोरङमा ट्रयाक्टर र मोटरसाइल ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ। मोरङ रतुवामाई नगरपालिका– ८ आँमडाडास्थित आँमबारी–उर्लाबारी सडकखण्डमा सोमबार साँझ मे.१त ४४८७ नम्बरको ट्रयाक्टर र विपरीत दिशाबाट आउँदै गरेको प्र ३–०२–००२ प ४५८७ नम्बरको मोटरसाइकल ठक्कर खाँदा सोही स्थानका २८ वर्षीय यादव पाठकको मृत्यु भएको हो।

माटरसाइकल चालक २७ वर्षीय विवेक पोखरेल र पछाडि सवार पाठक गम्भीर घाइते भएका थिए। घाइतेमध्ये पछाडि सवार पाठकको उपचारका क्रममा  विराटनगरस्थित न्युरो अस्पतालमा सोमबार राति नै मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।

ट्रयाक्टरचालक रतुवामाई नगरपालिका– २ का ३२ वर्षीय गणेश पासवानलाई ट्रयाक्टरसहित इलाका प्रहरी कार्यालय सिजुवाले नियन्त्रणमा लिएर थप कारबाही अघि बढाएको छ।