मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ११ सोमबार १६:५४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सर्वोच्चको फैसला नमान्ने एमालेले संसदीय मर्यादाको कुरा गर्नु सरमको विषय : डा. भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ११ सोमबार १६:५४:००

सत्तासाझेदार जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरूलाई पदबाट राजीनामा दिन चुनौती दिएका छन् । सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा  पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले एमाले सांसदलाई राजीनामा दिन चुनौती दिएका हुन् ।

उनले संसद्लाई २/२ चोटी विघटन गर्ने एमालेलाई संसदमा आउन लाज हुनुपर्ने टिप्पणी गरे । थोरै मात्र नैतिकता भए एमाले सांसदहरू संसद् अवरुद्ध गरेर बस्ने नभई राजीनामा गरेर जनताको बीचमा जानुपर्ने उनले बताए ।

अध्यक्ष भट्टराईले सर्वोच्चको फैसला मान्दैनौँ भन्ने एमालेले संविधानको सर्वोच्चता र संसदीय मर्यादाको कुरा गर्नु सरमको विषय भएको पनि दोहोर्याए।  ‘जसले संसद्लाई २/२ चोटी विघटन गर्छ । ती मान्छेहरूले लाजै पचाएर संवैधानिक सर्वोच्चता कायम गर भन्ने  ? सर्वोच्चको फैसला मान्दैनौँ भन्ने अनि संवैधानिक सर्वोच्चता भन्ने ? यस्तै संसदीय मर्यादा कायम ! जुन संसद्लाई विघटन गरिसक्यो, उसले त्यो संसदमा आउन त लाज हुनुपर्ने हो, उनले भने।’

भट्टराईले एमाले आफैँले विघटन गरेको संसदमा अवरोध सिर्जना गरेर निर्लज्जताको पराकाष्ठा देखाएको उल्लेख गर्दै त्यसबारे आफूले थप टिप्पणी गर्न नचाहेको बताए ।