१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
तिवारी यादव वीरगन्ज
२०७८ असोज ११ सोमबार १३:०३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सीमानाकामा चहलपहल बढ्दै, जेठयता हेल्प डेस्कको परीक्षणमा शून्य संक्रमित

Read Time : < 1 मिनेट
२०७८ असोज ११ सोमबार १३:०३:००

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले करिब १७ महिनादेखि सीमानाका बन्द गरेको छ । पछिल्लो समय अन्तर्राष्ट्रियस्तरमा संक्रमण कम भए पनि औपचारिक रूपमा नेपालमा सीमानाका हालसम्म खुला गरिएको छैन।

सीमानाका खुला नभए पनि वीरगन्ज–रक्सौल नाकाबाट दिनहुँ सयौं मानिस निर्वाध रूपमा आवतजावत गरिरहेका छन्।

औपचारिक रूपमा सरकारले करिब १७ महिनादेखि कोरोना नियन्त्रणका लागि सीमानाकामा कडाइ गरे पनि मालवाहक सवारी, मोटरसाइक र साइकल विनारोकतोक आउजाउ गरिरहेका छन्। यात्रुवाहक सवारी निषेध हुँदा पनि दैनिक सयौँ मानिस आवतजावत गर्ने गरेका छन् ।

नाकामा खटिएका सुरक्षाकर्मीले मुख्य सडकबाट आवतजावतमा निषेध गरे सर्वसाधारण भन्सार पूर्वपट्टिको बाटो प्रयोग गर्छन्। नेपालबाट जानेहरू निर्वाध आउजाउ गरिरहे पनि भारतबाट भने यात्रुवाहक सवारी आउन रोक लगाइएको छ। वीरगन्ज नाकाबाट मालवाहक भारतीय गाडी र नागरिकले प्रवेश पाए पनि निजी नम्बरका भारतीय सवारीले भने प्रवेश अनुमति पाएका छैनन् ।

'जेठयता नाकाको परीक्षणमा संक्रमण भेटिएको छैन'
गत वर्ष भारतबाट नेपाल प्रवेश गर्नेहरूमा कोरोना संक्रमण देखिएपछि स्थानीय प्रशासनको निर्देशनबमोजिम वीरगन्ज महानगरपालिकाले सीमानाकामा हेल्थ डेस्क स्थापना गरेको छ। त्यसदेखि अहिलेसम्म नियमित रूपमा हेल्थ डेस्कमा सीमानाका भएर भित्रिनेहरूको एन्टिजेन परीक्षण हुँदै आएको छ ।

तर, पछिल्लो समय वीरगन्ज नाकाबाट नेपाल प्रवेश गर्नेहरूमा संक्रमित नभेटिएका सीमानाकाको हेल्थ डेस्कमा खटिएका एचए सैनुल्लाह हवारीले बताए । उनका अनुसार अहिले दैनिक तीन सयदेखि पाँच सय एन्टिजेन परीक्षण हुँदै आए पनि जेठपछि एकजनामा पनि संक्रमण पुष्टि भएको छैन ।