मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १० आइतबार ११:४०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

इजरायल रोजगारीका लागि १६ सय जना सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १० आइतबार ११:४०:००

इजरायल रोजगारीका लागि सिफारिस भएका एक हजार ६ सयजनाको नाम सार्वजनिक भएको छ। वैदेशिक रोजगार विभागले आवश्यक मापदण्ड पूरा गरेर अन्तर्वार्तामा सहभागी भएका एक हजार आठ सय तीनजनामध्येबाट एक हजार ६ सयजनाको नाम सिफारिस गरेको हो। जसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष रहेका छन्। इजरायलले नेपाली कामदार लैजाने कोटा भने १४ सय रहेको छ। 
सिफारिस भएका १६ सयमध्येबाट पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पिआइबिए)ले १४ सय योग्य कामदार छनाेट गर्नेछ।