मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १० आइतबार ०७:३०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

स्प्राइटको प्रोमोसनल अभियानमा विभिन्न उपहार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १० आइतबार ०७:३०:००

कोकाकोला कम्पनीको उत्पादन लेमन–लाइम पेय पदार्थ स्प्राइटले विभिन्न उपहारका साथ प्रवर्द्धनात्मक कार्यक्रम ल्याएको छ । कम्पनीले ‘स्क्रिन टाइम प्रमोसनल अभियान’ नाममा प्रवर्द्धनात्मक कार्यक्रम ल्याएको हो । 

अभियानको मुख्य नारा ‘चिलिङको स्टार्ट, मोबाइल र स्प्राइटको साथ’ रहेको कम्पनीले जनाएको छ । अभियानको उद्देश्य भनेको धेरैभन्दा धेरै उपभोक्तासम्म पहुँच पुर्‍याउनु र उनीहरूलाई रिफ्रेस गर्नु रहेको कम्पनीले जनाएको छ ।

अभियानअन्तर्गत उपभोक्ताले एउटा बजाज पल्सर १२५ सिसी, एउटा सामसङ ४३ इन्चको टेलिभिजन र पाँचवटा सामसङ एफ २२ मोबाइल हरेक हप्ता जित्न सक्ने जनाइएको छ । त्यसैगरी, दैनिक लक्की ड्रअन्तर्गत पाँचजना भाग्यशाली सहभागीले हरेक दिन एउटा सामसङ मोबाइल एफ २२ जित्ने मौका पाउने कम्पनीले जनाएको छ । 

भदौ ३० मा सुरु भएको योजना कात्तिक १८ सम्म लागू हुने जनाइएको छ । योजना पाँच सय मिलिलिटरको स्प्राइटको पिइटी प्याक, १ लिटर, १.५ लिटर र २.२५ लिटर किन्दा लागू हुने कम्पनीले जनाएको छ ।