१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १० आइतबार ०७:१२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

यामाहा मोटरसाइकलको एक्सचेन्ज मेला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १० आइतबार ०७:१२:००

नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले दसैँ–तिहार लक्षित एक्सचेन्ज मेला सुरु गरेको छ । पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ यामाहा बाइक वा स्कुटी बिक्रीका लागि मेला आयोजना गरिएको हो । 

असोज १५ सम्म भृकुटीमण्डपमा हुने मेलामा पुराना कुनै पनि ब्रान्डका बाइक तथा स्कुटीहरूसँग सट्टापट्टा गर्ने सुविधा रहेको जनाइएको छ । मेलामा कुनै पनि पुरानो बाइकको मूल्य बजारमा प्रचलित रहेकोभन्दा १० हजार रुपैयाँ बढी मूल्यांकन गरिने कम्पनीले जनाएको छ । यसका साथै हरेक दिन टेस्ट राइड गर्नेहरूमध्येबाट एकजनालाई उपहारको व्यवस्था गरिएको जनाइएको छ ।