मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७५ फाल्गुण १५ बुधबार ०८:१६:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

के हो ओस्टियो अर्थाइटिस ?

Read Time : > 1 मिनेट
२०७५ फाल्गुण १५ बुधबार ०८:१६:००

शरीरका जोर्नीहरूमा रहने कुरकुरे हाड खिइनुलाई ओस्टियो अर्थाइटिस भनिन्छ । सामान्य भाषामा यसलाई हड्डी खिइनु पनि भनिन्छ । खासगरी यो समस्या ४० वर्षभन्दा माथिका बुढाबुढीमा हुने गर्छ । तर, कतिपय अवस्थामा वयस्कमा पनि हड्डी खिइने समस्या देखापर्न सक्छ । पुरुषको तुलनामा महिलामा हड्डी खिइने समस्या बढी देखिने गरेको छ । 

नेपालमा कति संख्यामा हड्डी खिइने समस्या भएका बिरामी छन भन्ने यकिन तथ्यांक छैन । यद्यपि, हड्डी र जोर्नी दुखाइको समस्या लिएर दैनिक हजारौँ मानिस अस्पताल धाउने गरेका छन । घुँडा, कम्मर, छाती, हिप तथा हातका औँलाका स–साना हड्डीमा जोर्नी खिइने समस्या बढी हुन्छ ।  

 कसरी थाहा पाउने ?
-सामान्यतया जोर्नीमा रहेको कुरकरे हाड भाँचिदा हड्डी दुख्ने गर्छ । कुरकुरे हाड जोर्नीमा रहेको नरम र लचिलो हाड हो, जसले एक–अर्को हड्डीहरूलाई रक्षा गर्नुका साथै चलाउँदा सजिलो बनाइदिन्छ । कुरकुरे हाड भाँचिएपछि हड्डीहरू एक–अर्कामा घर्षण हुन्छन, फलस्वरूप जोर्नीमा दुखाइ उत्पन्न हुने गर्छ । कुरकुरे हड्डीमा रक्तकोषिका नहुने भएकाले एकचोटि भाँचिएपछि आफैँ निको हुँदैन । जसका कारण जोर्नीमा अत्यधिक दुखाइ हुने गर्छ । जो ओस्टियो अर्थाइटिसको मुख्य लक्षण हो । 
-हड्डी खिएर दुखेको जोर्नीमा छुँदा झनै बढी दुख्ने हुन्छ । त्यस्तै, घुडाँमा हो भने टुक्रुक्क बस्न र खुम्च्याउन र घुमाउन नसक्ने हुन्छ । यसबाहेक, जोर्नी दुख्ने, सुन्निने, चलाउँदा आवाज आउने आदि ओस्टियो अर्थाइटिसका लक्षण हुन । 

रोकथाम तथा उपचार
- क्याल्सियम र भिटामिनयुक्त खानेकुरा सेवन गर्नुपर्छ । बजारमा फिस ओयललगायत सप्लिमेन्ट पाइन्छ, जसले जोर्नी खिइने समस्यालाई कम गर्छ । त्यस्तै, अन्डा, गहुँको रोटी आदि पनि खाने गर्नुपर्छ । 
- हड्डी खिइने समस्या भएमा चिकित्सकको परामर्श लिन आवश्यक हुन्छ । सम्बन्धित जोर्नीको एक्स–रे, एमआरआई, रगतको जाँच र 
भिटामिन डीको लेभल जाँच गरेर उपचार गरिन्छ । 
- सामान्य दुखाइ भएमा अवस्था हेरी औषधिको सेवन, फिजिकल थेरापी, कसरत वा तौल घटाएर यसको उपचार गर्न सकिन्छ । 
- दुखाइ कम गर्ने मल्हम लगाउने तथा सुइबाट औषधि दिएरसमेत उपचार गरिन्छ । यदि, अत्यधिक दुख्दै गएमा जोर्नी प्रत्यारोपण पनि गर्न सकिन्छ । 
- शल्यक्रियापछि जोर्नीको प्रत्यारोपण गरेर नेपालका विभिन्न अस्पतालमा उपचार गरिन्छ । खासगरी घुँडाको र हिपको प्रत्यारोपण गरिन्छ ।

कारण
- उमेरअनुसार हड्डीमा परीवर्तन आउनु नै हड्डी खिइने समस्याको मुख्य कारण हो । 
- अत्यधिक मोटोपनका कारणसमेत वयस्कहरूमा जोर्नीको समस्या देखापर्छ ।-

- महिनावारी रोकिइसकेका तथा पाठेघरको रोगको कारण पहिले नै शल्यक्रिया गरेका महिलामा ओस्टियो अर्थाइटिस हुने सम्भावना रहन्छ ।
- थाइराइडको समस्या भएकामा पनि जोर्नी खिइने समस्या हुने सम्भावना उच्च हुने गर्छ । 
- विभिन्न दुर्घटनाबाट हड्डीमा लागेको चोटपटकबाट समेत जोर्नी खिइन्छ । 
- कुरकुरे हाड च्यातिनु, जोर्नीहरू फुस्किनु, हड्डी जोडने तन्तुहरूमा चोट लाग्नु आदिजस्ता कारणले जोर्नीमा समस्या देखा पर्छ । 
- शरीरमा भिटामिन डी, क्याल्सियम, हर्मोनको कमी र विभिन्न कारणले हुने जोर्नीको संक्रमणबाट पनि हड्डी खिइने हुन्छ ।