१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ९ शनिबार १५:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

'तत्काल मनसुन बाहिरिने सम्भावना छैन'

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ९ शनिबार १५:१८:००

अझै केही दिन मनसुन बाहिरिने सम्भावना नदेखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

अहिलेको अवस्थालाई हेर्दा मनसुन तत्काल बाहिरिने सम्भावना नरहेको विभागका मौसमविद् गंगा नगरकोटीले बताइन्। उनका अनुसार मनसुन बाहिरिनका लागि पश्चिमबाट पूर्वतिर हावा बहनुपर्छ तथा बंगालको खाडीबाट जलवाष्पयुक्त हावा आउनेक्रम राेकिनुपर्छ। “अहिले त्यस्ताे अवस्था रहेको छैन। त्यसैले तत्काल मनसुन बाहिने सम्भावना छैन”, मौसमविद् नगरकोटीले भनिन्।

यस वर्ष मनसुन गएको जेठ २८ गते नेपाल भित्रिएको थियो। यसपालिदेखि मनसुनको अवधि परिमार्जन गरिएको छ। यसअघि सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रिने र सेप्टेम्बर २३ तारिखमा बाहिरिने गरेको थियो। यस वर्षदेखि जुन १३ मा मनसुन भित्रिने र अक्टोबर दुईमा मनसुन बाहिरिने मिति तोकिएको छ ।

यसपालि नेपालमा मनसुन औसत समयभन्दा दुई दिनअगाडि भित्रिएको थियो । मौसमविद्का अनुसार हरेक १०–१० वर्षमा मनसुन भित्रिने र बाहिरिने समय परिमार्जन गरिन्छ। रासस