मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ असोज ७ बिहीबार २१:०७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एक सय ७५ केजी गाँजासहित दुईजना पक्राउ

Read Time : < 1 मिनेट
२०७८ असोज ७ बिहीबार २१:०७:००

प्रहरीले अवैध लागुऔषध गाँजासहित दुईजनालाई नियन्त्रणमा लिएको छ । बिहीबार जिल्ला प्रहरी कार्यालय मकवापुरको टोलीले एक सय ७५ केजी गाँजा, गाँजा ओसारपसारमा प्रयोग गरिएको ट्रक र दुईजनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

विशेष सूचनाका आधारमा मकवानपुर प्रहरीप्रमुख प्रहरी उपरीक्षक सोमेन्द्रसिं राठौरको नेतृत्वमा खटेको टोली हेटौँडा–११, थानाभ¥याङस्थित पूर्वपश्चिम राजमार्ग नजिकै ग्यारेजमा ट्रक मर्मत गरिरहेको अवस्थामा गा“जासहित दुईजनालाई नियन्त्रणमा लिएको हो । 

ट्रकचालक मकवानपुरको भीमफेदी गाउ“पालिका–९ का ३१ वर्षीय मोहन स्याङ्तान र थाहा नगरपालिका–३ का २४ वर्षीय प्रशान्त कार्कीलाई नियन्त्रणमा लिइएको एसपी राठौरले जानकारी दिए । उनीहरूमाथि थप अनुसन्धान भइरहेको उनले बताए । मकवानपुरको उत्तरी क्षेत्र पालुङबाट पर्साको वीरगन्जतर्फ जा“दै गरेको अवस्थामा ना.३ ख ५९५० नम्बरको ट्रक बिग्रेर थानाभ¥याङमा मर्मत भइरहेको थियो । 

प्रहरीले ट्रकलाई चेकजा“च गर्दा ट्रकभित्र फल्स बटम बनाई लुकाएर ल्याएको लागुऔषध गा“जा फेला पारेको प्रहरीले जनाएको छ ।