१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका कञ्चनपुर
२०७८ असोज ७ बिहीबार १३:०९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सवारी दुर्घटना न्यूनीकरण गर्न चालकलाई अभिमुखीकरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कञ्चनपुर
२०७८ असोज ७ बिहीबार १३:०९:००

चाडबाड नजिकिँदै गर्दा कञ्चनपुरमा ट्राफिक प्रहरीले सडक सुरक्षा योजना अघि सारेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि चालकलाई अभिमुखीकरण गराएको छ।

चाडबाडका वेला मदिरा सेवन गरी सवारीसाधन चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने र तीव्र गतिमा सवारी चलाएर दुर्घटना बढ्ने भएकाले न्यूनीकरणका लागि अभिमुखीकरण गराइएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक केशव भट्टले राजमार्गलगायतका क्षेत्रमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि समयमै चालकलाई अनुशिक्षण गराइएको बताए।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक पुरुषोत्तम कँडेलले सुदूरपश्चिममा सवारी दुर्घटना न्यूनीकरणका लागि सबै प्रहरी युनिटलाई निर्देशन दिँदै चालक, यातायात व्यवसायी एवं यात्रु सबै पक्षलाई समयमै सचेत हुन आग्रह गरे।