मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
हदीस खुद्दार जनकपुरधाम
२०७८ असोज ७ बिहीबार ११:५६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गराउन पहल

Read Time : < 1 मिनेट
हदीस खुद्दार जनकपुरधाम
२०७८ असोज ७ बिहीबार ११:५६:००

जानकी मन्दिरलाई  विश्व सम्पदा सूचीमा सूचीकृत गराउने अभियान तीव्र बनाइएको छ। जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा सूचीकृत गराउन जनकपुरधाम उपमहानगरपालिकाले विभिन्न कार्यहरू अगाडि बढाएको छ।

उपमहानगरपालिकाले मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकरण गराउने पहलका लागि जनकपुरधाममा आयोजना गरेको बृहत् परामर्श कार्यशाला गोष्ठीमा सहभागी सरोकारवालाहरूले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

जनकपुरधाम उपमहानगरपालिकाका  मेयर लालकिशोर साहले साबिकको जनकपुर उपमहानगरपालिकाको नाम परिवर्तन गरी जनकपुरधाम उपमहानगरपालिका बनाउने निर्णय नै मन्दिरलाई सूचीकृत गराउने पहिलो खुड्किलो रहेको बताए। राजनीति र विकासको राजनीतिबीच भिन्नता रहेकोले जनकपुरधामवासीहरू अगाडि बढ्नुपर्ने  अहिले आवश्यकता रहेको मेयर साहले बताए।

मन्दिरका छोटा महन्थ रामरोशन दास वैष्णव मन्दिरको सुन, चाँदी, हिरा, मोतीलगायतका गहनाहरू २०२० सालमै सरकारले राखेको र जानकी मन्दिरमा एउटा भर्पाइ मात्र रहेको बताउँछन्। ‘हामीले यसबारे पटकपटक जिल्ला प्रशासन कार्यालयदेखि मन्त्रालयसम्म गुहार्‍याैँ । तर, कहिले हनुमानढोकामा छ भनेर कुरा टारियो भने कहिले गुठी संस्थानमा छ भन्दै बहाना बनाइयो। एकातिर विश्व सम्पदा सूचीमा सूचीकरणको कुरा गर्ने अर्कोतिर कमिसनको चलखेल गर्ने, स्वार्थमा मन्दिरको ऐतिहासिक स्वरूप बिगार्ने काम गरियो,’ उनले भने।

कार्यक्रममा सांस्कृतिकविज्ञ काई वाइजले कुनै पनि सम्पदालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सांस्कृतिक तथा प्राकृतिक स्वरूपको आधारमा सूचीकरण गर्न सकिने युनेस्कोको मापदण्डबारे जानकारी दिए। तीमध्ये जुनसुकै मापदण्ड पूरा भएपछि सूचीकृतको प्रक्रिया अघि बढ्ने उनले बताए।