मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवीन गुरुङ संखुवासभा
२०७८ असोज ६ बुधबार १८:२८:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

अरुण तेस्रो जलविद्युत् आयोजनाको काम सन्तोषजनक : ऊर्जामन्त्री भुसाल

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७८ असोज ६ बुधबार १८:२८:००

ऊर्जामन्त्री पम्फा भुसालले संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको स्थलगत अनुगमन गरेकी छिन् । बुधबार हेलिकप्टरबाट संखुवासभा आएकी मन्त्री भुसालले संखुवासभामा निर्माणधीन अरुण तेस्रो, माथिल्लो अरुण र २ सय २० केभी विद्युत् प्रसारण लाइन कोसी करिडोरको समेत अनुगमन गरेकी हुन् । 

अनुगमनपछि भुसालले अरुण तेस्रोको कामको प्रगति सन्तोषजनक रहेको प्रतिक्रिया दिइन् । उनले कोरोना महामारीजस्तो जोखिम, त्रास र कठिनाइ हुँदाहँुदै पनि हालसम्म ४० प्रतिशतभन्दा बढी काम सम्पन्न गर्नु राम्रै उपलब्धिका रूपमा लिएको बताइन् ।

भुसालले कामलाई अझै चाँडै सम्पन्न गर्ने गरी अगाडि बढ्नसमेत कम्पनी र कर्मचारीहरूलाई निर्देशन दिइन् । मुलुककै बहुचर्चित नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम भारतीय सतलज कम्पनीले निर्माण गरिरहेको छ भने ७२० मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजना नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको छ । 

दुहबी–सुनसरी–धरान–धनकुटा हँुदै संखुवासभा जोडिने २ सय २० केभी प्रसारण लाइनको कोसी करिडोरको काम अन्तिम चरणमा पुगेको छ । 

अरुण तेस्रो, माथिल्लो अरुण र कोसी करिडोरको अनुगमन गर्न मन्त्री भुसाल संखुवासभा आएको र बुधबार नै फर्किएको संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले बताए । मन्त्री भुसालसहितको अनुगमन टोली माथिल्लो अरुणको ड्यामसाइड र पावरहाउसस्थल पुगेर फर्किएको थियो ।