१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ असोज ५ मंगलबार १६:३५:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

Read Time : < 1 मिनेट
२०७८ असोज ५ मंगलबार १६:३५:००

आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली ओमानबाट स्वदेश फर्केको छ। टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीलगायतले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

ओमानमा सम्पन्न शृंखलामा नेपालले चार खेलमध्ये दुईमा जित र दुईमा हार व्यहोरेको थियो। नेपालले आइतबार भएको अन्तिम खेलमा पहिलोपटक ओमानलाई सात विकेटले पराजित गर्दै ऐतिहासिक जित हासिल गरेको थियो। त्यसअघि सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको थियो भने दोस्रो खेलमा ओमानसँग पाँच विकेटले पराजित भएको थियो। त्यस्तै, तेस्रो खेलमा नेपाल अमेरिकासँग ६ विकेटले हारेको  थियो।
    
लिग– २ मा नेपाल, अमेरिका, ओमान, स्कटल्यान्ड, नामिबिया, युनाइटेड अरब इमिरेट्स (युएई) र पपुवान्युगिनी रहेका छन् । नेपाल आठ खेलमा आठ अंक जोड्दै लिगको चौथो स्थानमा उक्लेको छ । ओमान १४ खेलमध्ये ११ मा जित र तीनमा हारका साथ २२ अंक जोडेर शीर्ष स्थानमा कायमै छ भने अमेरिका १६ खेलमध्ये सातमा जित र नौमा हारसहित १४ अंकका साथ दोस्रो स्थानमा छ।