मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ असोज ५ मंगलबार ०८:०३:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

 नगर केन्द्र जुफाल राख्न ४३ जनप्रतिनिधिको हस्ताक्षर

Read Time : < 1 मिनेट
२०७८ असोज ५ मंगलबार ०८:०३:००

ठूलीभेरी नगरपालिकाको केन्द्र जुफाल कायम हुनुपर्ने पक्षमा ४३ जना जनप्रतिनिधिले हस्ताक्षर गरेका छन् । आठौँ नगरसभामा उपस्थित ४९ मध्ये ४३ जना जनप्रतिनिधिले जुफाल नै केन्द्र कायम गर्न सहमति जनाउँदै पक्षमा हस्ताक्षर गरेका हुन् । ६ जनप्रतिनिधिले विपक्षमा हस्ताक्षर गरे भने दुईजना अनुपस्थित भए ।

दुईतिहाइभन्दा पनि धेरै जनप्रतिनिधिले नगरपालिकाको केन्द्र जुफाल नै कायम हुनुपर्ने पक्षमा हस्ताक्षरसहित सहमति जनाएपछि चालू आर्थिक वर्षमै नगरपालिकाको प्रशासकीय भवन बनाउन सुरु गरिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत डिलप्रसाद रोकायले जानकारी दिए ।

जुफालका स्थानीयले नगरको प्रशासकीय भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराए पनि दुनैका स्थानीयले मालपोत कार्यालयमा जान अवरोध गरेकाले पास हुन नसकेको उनको भनाइ छ । प्रथम नगरसभादेखि नै नगर प्रमुख गणेशबहादुर शाहीलालई जालसाजी गरी नगरपालिकाको केन्द्र दुनैबाट जुफाल सारेको आरोप लागेको छ ।

आठौँ नगर सभाबाट दुईतिहाइभन्दा धेरै जनप्रतिनिधिले जुफाल केन्द्र कायम गर्न सहमति जनाएपछि मेयर शाहीमाथि लागेको जालसाजीको आरोप झुट सावित भएको जुफालका स्थानीय बताउँछन् । केन्द्र विवादकै विषयलाई लिएर दुनैका स्थानीयले यसअघि नै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । मुद्दा अदालतमा विचाराधीन छ ।